म, लाटो

म,
लाटो छु।

जब उसका आँखाका नानीभित्र
म आफ्ना आँखाका नानी भेट्छु,
तब,
मभित्रको लाटो जुर्मुराउँछ।
अनि मेरा परेला
धरमराउछन,
छेक्दै, ढाक्दै
मेरा आँखाभित्रका
उसका आँखाहरु।
अनि जुध्छन,
उसका आँखीभौँहरु।

जब,
उसका ओठपारी लुकेका
ती सेता हीरा,
त्यो ओसिलो ओठ तरेर
वारि देखा पर्छन् ,
तब,
मभित्रको लाटो डगमगाउछ
ओठ कपाउँछ
डरले थुक निल्छ
अनि मुखारविन्दुमा
भोटेताल्चा झुन्ड्याउछ।

जब,
उसका केशका लहरा
पिङ खेल्दै
नितम्बको स्पर्श लिएर
कम्मर समाउन झर्छन,
तब,
मभित्रको लाटो हडबडाउछ
अनि मेरा आँखा
भुइतिर सोझिन्छन।
उठ्नै नसक्नेगरी,
त्यतै ठोकिन्छन,
थिचिन्छन,
अनि धसिन्छन ।

जब उसका औंलाका टुप्पाले
मेरा औंलालाइ पूर्णता दिन्छन,
तब मभित्रको लाटो थर्थराउँछ
हात कपाउँछ
पसिना काढ्छ।
त्यो स्पर्श लिइ
तन्द्रालाइ त्याग्छ,
अनि वास्तविकताको शून्यतामा
मुस्कुराउँछ।

Advertisements

साँझ

हरेक साँझ,
जब गोधुली लाली छर्दै,
आफ्नो गाढापन तिख्याउदै,
अन्धकार बनी तेर्सिन्छ।

म निस्कन्छु,
आफूलाइ खोज्दै।
नन फिक्सनल यो मुटुभित्र
फिक्सनल वार्तालाप बुन्दै।

म रुखका टुप्पाहरुमा पुग्छु,
पहाडका टुप्पाहरुको समथरमा ढल्छु,
सल्लाका झरेका पातमा चिप्लन्छु
परालका त्यान्द्रामा बाधिन्छु,
घाटछेवैमा कात्रो ओढि टोलाउँछु।

म बुन्दै जान्छु,
मेरा पाइला तुन्दै जान्छन ।
जब पाइला डेग चल्न मान्दैनन् ,
तब मन उड्छ।
कता कता
मस्तिष्कलाई उछिनेर,
कता कता।

नीलिमा

आज फेरी नचाहदा नचाहदै आकाश चुहियो- तप्प तप्प। हुन त मैले चाहेर पनि के नै हुने हो र, माइ विस डु नट म्याटर । आइ डोन्ट म्याटर, यू डोन्ट म्याटर, नोबडी म्याटर्स । पहिला अलिअलि चुहिएको आकाश एकछिनमा पुरै च्यातियो अनि झवार्र झर्यो । तर जे भयो, ठिकै भयो, त्यसैले गर्दा मैले त्यस दिन नीलिमालाइ भेटे ।

यो त्यस समयको कुरा हो जुन समयकोबारेमा मलाइ कुनै जानकारी छैन । त्यसबेला म खै कुन्नि कुन टाइम एण्ड स्पेसमा डीजल्भ भएको थिए, या त टाइम एण्ड स्पेस मभित्र डीजल्भ भएको थियो । खै के भएको थियो । जे सुकै होस्, हु केयर्स?? अँ म भन्दै थिए, त्यस समय म घाट र जङ्गलको संगमविन्दुमा बस्थे, एउटा झुप्रोमा, प्लाष्टिकको झुप्रोमा। त्यो आकाश च्यातिएको दिन म मेरो चिया अड्डातिर जादै थिए, हातमा एक बट्टा खुकुरी बोकेर। जादाजादै बर्सियो, खुकुरी त बचाउनैपर्यो! वरपर हेरे, अलिक पर एउटा सानो संरचना देखे, त्यतै दौडिए। दौडेपछी नजिक पुगे, नजिक पुगेपछि थाहा पाए, त्यो एउटा केज थियो, स्टील केज, ठुलो, दुइवटा कोठाजत्रो। कोठाभित्र सानी नीलिमा थिइ।

नो नो, सानी नीलिमा होइन। नीलिमा आफ्नो हुनुपर्ने साइजमै थिइ, तर कोठा ठूलो भएर कम्प्यारिटिभ्ली मात्र सानी देखिएकी थिइ। केजबाहिर ताला थियो, यामानको। मैले नीलिमालाइ घुरेर हेरे, उसले पनि घुरी। अझै घुरे, उसले अझै घुरी। मैले हेलो भने, भुइमा खस्न नपाउदै रिप्लाई आयो नक्सरो स्वरमा, “हेलो।“ मैले फेरी घुरे, उसले फेरी घुरी। मैले सोधे, “तिम्रो नाउ के हो?” उसले त्यहि रिपिट गरि, “तिम्रो नाउ के हो।“ बडो गजब लाग्यो मलाइ।

आकाश टालिएपछि म फर्किए। म चाहि फर्के, मेरो मन त्यतै रह्यो। एकछिनमा फेरी गएँ केजतिर, सोधे, “ कसले थुनेको?” उसले भनी, “कसले थुनेको?” म अवाक भए । उसले त्यो भनेपछि म आफै थुनिएझै लाग्यो । त्यो प्लाष्टिकको झुप्रोमा, त्यो खुकुरीमा, त्यो घाटमा, त्यो चिया अड्डामा, यो दैनिकीमा ।

त्यस दिनपछि म हरदिन नीलिमा भएठाउ जान थाले । नीलिमाले मैले बोलेकै शब्द रिपिट गर्थी, त्यो बाहेक एक शब्द पनि थपघट आउथेन । तर पनि म आफ्नै शब्दमा घोत्लिन्थे , डुब्थे, सोच्थे । अनकन्टार मेरो जीवनमा आफ्नै शब्दको रिफ्लेक्सनले पनि मलाइ आनन्द दिन थालेको थियो । आफुलाई आनन्द दिने चिज आफुलाई मात्र थाहा हुने रहेछ । त्यसैले म सायद उसलाई एक हिसाबले युज गरिरहेको थिए । मलाइ जे सुन्न मन पर्थ्यो, म भन्थे, अनि त्यही सुन्न पाउथे फेरी । सायद आखिर हामी सबैले गर्ने त्यही त हो, युज गर्छौ एक अर्कालाई, आफुलाई चाहिएअनुसार पाउन, चाहे त्यो कुनै भौतिक वस्तु होस् या त इमोसनल सपोर्ट । मैले पनि त्यही त गरे, ह्वाट्स रङ?

एकदिन, वान भेरी कमन डे, म नीलिमालाइ भेट्न गए । केजको ताला फुटेको थियो, ढोका खुल्ला थियो, तर नीलिमा भित्रै थिइ । मैले “नीलिमा” भने, उसले पनि त्यसै दोहोर्याई । अनि फुत्त उफ्रेर नङ्ग्राले केजको डण्डीमा च्यापी । एकछिनमा बाहिर निस्की अनि हरिया पखेटा फिजाएर आकाशतिर सोझिई । अनि आकाश फेरी रसाउन थाल्यो, म उभिरहे, त्यसै त्यसै ।

Once

Once,
There lived a guy
Not a guy actually,
A human.
No, not a human.
A creature,
Who lived.
Lived as if he was living.
Who breathed,
Breathed as if he was breathing.
Who soared into the sky,
Who was always flying,
Who was always high

Once,
There was someone.
Somewhere,
In Some other bubble of the other multiverse
Seeking eternity
Floating in vanity,
Embracing insanity.
Someone,
For whom,
Loneliness was the best companion
Running for nothing,
For a non-existent mare
Like a stallion.

Once,
There existed someone
Who knew it
Who knew it all.
Who knew the world,
Who knew the temporary-ness.
The vagueness.
The incompleteness.
The nothingness.
Who knew, at the end
None of this is to matter.
Who knew the end,
who saw it lying ahead,
a long life to pretend.

Once,
But only once.
He came like a spark.
Disappeared into void nothingness.
He faded,
Faded like a shadow in the darkness.

भ्रम

म आज
त्यो दूरको आकाशगङ्गामा बिउझिएँ।
यहाँबाट धेरै टाढा
यहाँहरुबाट धेरै टाढा।
शून्यतामा उभिएको एउटा छिद्र छिद्रको उदगमविन्दुमा उभिएको म।

हैन, हुँदैन
मलाइ यही बस्न देउ
भ्रम नै सही,
मलाइ यहीँ रमाउन देउ
तिम्रो त्यो खोक्रो वास्तविकतामा
तिमी आफै रमाउ।

म यो ब्रह्माण्ड सूक्ष्म देख्छु
तिमी आफैलाइ ब्रह्माण्ड देख्छौ।
समपार्श्वको किरणको चमक
अनि तिम्रो कृतृम मुस्कान, अहँ, चाहिएन।

पागल भन्छौ?
भन
कपटी भन्दा पागलै सही।
म आफ्नो आत्मा प्रत्यक्ष देख्दैछु,
तिमी अफ्नो आत्मा लुकाउदैछौ
अनि मुक्तिको प्रार्थना गर्दैछौ।

जाउ, रमाउ।
म यतै ठिक छु। म यिनै तारापुन्जकाबिच खेल्छु
आकाशगंगामा तैरिन्छु।
अनन्त समयको बर्को ओढ्छु,
अनि यही शुन्यतामा निदाउँछु।

म, भूतपूर्व बोका

म हर्के, एक भूतपूर्व बोका । म जन्मेको रामप्रसादको दोस्रो खोरमा रे, मेरा बाउ बोकाले भनेका । मेरो नाम हर्के चाहि रामप्रसादकै छोराको नाम हर्के सुनेर राखेका रे । म जन्मेपछि मेरी आमा बाख्रीलाई अर्को खोरमा लगिदिए रे, त्यसैले होला, आमालाई खासै सम्झन्न म । म पाठो नै हुदा रामप्रसादका छोराछोरी मलाइ काखमा राख्दै मुसार्न आइपुग्थे । तिनकी आमाचाहिँ देखेपछी उपियाँ सर्छ भन्दै लघार्न आइहाल्थिन ।

वरपरका डाडा र केराउबारीमा चर्दै म हुर्किए । अर्काको बारीमा पसेर धेरै लात अनि लौरो पनि खाइयो । रामप्रसादले पनि धेरै पछारे । जति पछारे पनि के लाग्थ्यो र, हुर्किदै गर्दाको त्यो जोस, अर्काको बारीमा पसेर वित्यास पार्ने व्यहोरा कहिल्यै छोडिएन ।

पल्लोघरको केराउबारीमा छिर्दा मेरो पहिलोपल्ट सुनकलीसंग भेट भएको थियो । ऊ चौथो खोरमा जन्मेकी थिई, लगभग मेरै उमेरकी हुदी हो । उसलाई देखेर भएजतिका बोका छिल्लिदै पुच्छर हल्लाउदै उसका अघिल्तिर पुग्थे । हुन पनि खुब राम्री थिइ मोरी । सेतो कालो टाटेपाटे शरीर थियो उसको । सलक्क परेको जिउ, लामा लामा कान, अनि ठुलाठुला आखा । सुनकलीको उमेर जतिजति ढल्किदै थियो, झनझन राम्री बाख्री बन्दै थिइ ऊ । म त झन् उसका अगाडी नतमस्तक भैसकेको थिए । अरु एक-दुइओटा बोकाले उसंग दोस्ती गरेका थिए, मेरो चाहिँ बोल्ने पनि हिम्मत जुटेको थिएन ।

अॅं, म भन्दै थिए, मेरो उसंगको पहिलो भेट पल्लोघरको केराउबारीमा लुकेर चर्न जादा भएको थियो । कताबाट सुइँको पाएछ कुन्नि, त्यस बारीको चन्द्रे लौरो लिएर सराप्दै आइपुग्यो । लौरोले सोठ्यौदै सबैलाई बारी बाहिर खेद्यो, म र सुनकली चाहिँ बारीको पुछारको बारमै रह्यौ । सबैलाई लाखेटेपछी चन्द्रे लौरो सोझ्यौदै हामी भएतिर दौड्यो । मलाइ के गरौ के गरौ भयो, भाग्न पनि सकिन । सुनकलीलाइ हेरे, थरथरी कापिरहेकी थिइ । म भएभरको हिम्मत जुटाएर आफ्नो पुरुषार्थ देखाउदै सुनकलीको अगाडि झम्टिए, चन्द्रेले लौरो बजार्यो । ढाडको अलि मुन्तिर लौरोले लागेर प्राण फुस्केलाझैँ भयो, तर जसोतसो उठेर कुदिहाले । सुनकली म माथी झटारो पर्नेबित्तिकै भागीसकेकी थिइ ।

अर्कोदिन चर्न निस्किदा सुनकली म भएतिर आइ । हिजो कुटाइ खाएको घटनाले हामीबीच दोस्ती भयो । दुखाइजती कता-कता हराएर गयो । दिनभरी संगै डुलेर साझ संगै खोर फर्कियौ । साझपख फर्किदा म हाम्रो “बोका ग्यांग”मा हिरो भैसकेको थिए । हिजोसम्म बोल्न डराउने म, आज दिनभरी संगै डुलेको सुन्दा सबैको होस्-हवास उडेका थिए । अझ म त्यती छिप्पिएको पनि थिएन, पाठो नै थिए ।

त्यसपछिका दिनहरु पनि म सुनकलीसंगै बिताउन थाले । अरु बोकाहरू रिसले मुर्मुरिएको देख्दा मलाइ रमाइलो लाग्थ्यो । “यो उमेरमै यस्तो छ, कडा बोको हुने भो यो ।“, बुढा बोकाहरू जिस्काउदै भन्थे । केही दिनको दोस्तीपछी हाम्रो दोस्ती औपचारिक रुपमा प्रेम सम्बन्धमा परिणत भयो । म सुनकलीलाइ अत्याधिक प्रेम गर्थे, उ पनि मलाइ गर्थी । बसेको बेला मेरो छेउमा लुटपुटिन आउने गर्थी, मेरा कान चाटिदिन्थी, म भुतुक्कै हुन्थे । कतै टाढा चर्न जानुपर्यो भने हामी अरुभन्दा बेग्लै, संगै हिड्थ्यौ । जे होस्, हुर्कदै गरेको मेरो शरीर अनि मनमा सुनकलीले काउकुती लाउन थालेकी थिइ ।

एकदिन सबेरै रामप्रसाद मेरो खोरमा आइपुगे, अरु दिनभन्दा छिटो । म सहित अरु चारजना मेरा उमेरका बोकालाई उनले आगनमा लगेर गए । खोरका अरु बूढा बोका पनि पछी पछी आए । के हुदै थियो, मलाइ थाहा थिएन । सुरुमा विरेलाई लगेर गए । उसका चारवटा खुट्टा दुइजना मिलेर समाए । पछाडीका बोकाले भन्न थाले , “लौ आज खसी पार्न लाएछ ।“

म आतिएँ ।

“के हो त्यो भनेको ?”

“के हुनु, गजब हो नि । खसी पारेपछि हलक्क बढिन्छ, मस्कुलर ज्यान बन्छ ।“

यती सुनेपछि म मख्ख परे । तर त्यो धेरैबेर टिक्न सकेन । विरे भएतिर हेरे । रामप्रसादले अलि मोटो चिम्टाजस्तो देखिने केहि चीज ल्याएर आए, फलामको जस्तो देखिन्थ्यो । अनि त्यसले विरेको अन्डकोष च्यापिदिए, दुवै हातले, सकेजति बल लगाएर । विरे म्या… पनि होइन, प्या………….. गरेर टोल थर्किने गरि चिच्यायो । म केही सोच्ने सकिन, मुटुले ढ्यांग्रो ठोक्न थाल्यो, चिटचिट पसिना आयो । विरेलाई घिसारेर अर्कोपट्टी लागे । त्यसपछी मेरो पालो थियो । जति घिस्रीए पनि मलाइ दुइजना मिलेर आगनको बीचमा पुर्याए । मेरो अन्डकोषलाइ पनि त्यसैगरी ध्वस्त बनाइदिए । मर्नेगरी चिच्याए । जिउदै छु कि मरिसके जस्तो लाग्यो । आगनको डिलमा हुत्याइदिए मलाइ । म सानो हुदा मलाइ काखमा राखेर मुसार्ने रामप्रसादको छोरो मेरो चिच्याहटमा ताली बजाएर उफ्रदै थियो ।

केही दिनको पिडापछि म अलि तग्रिन थालेको थिए । त्यो क्षण सम्झेर जिउ सिरिङ्ग भैरहन्थ्यो, सपनामा देखेर धेरैपल्ट तर्सिदै बिउझेको थिए । केही दिनमा बाहिर निस्केपछि म सुनकलीलाइ भेट्न गए । उसलाई देखेर दुखाइ केहि कम भएजस्तो भयो । तर मा उसको नजिक जादा मलाइ वास्तै गरिन । मेरो घुम्न जाने प्रस्तावलाई पनि ठाडै अस्वीकार गरिदिई । असह्य पीडा भयो । दुई तीन दिनको यस्तै व्यवहार पछी मैले मेरा साथीहरुलाई सुनाए । एउटाले हास्दै भनिदियो, “अब खसी भैसकिस, तरुनी बाख्रीको सपना देखेर के गर्छस? जे जे भए नि बाख्रीलाई बोको नभई हुने होइन । अब छोदिडे, आश मारिदे । एक दुई दिनमा अरु कुनै बोकासंग देखिन्छे त्यो अब ।“

म यी कुराले अवाक् भए । रामप्रसादले मेरो प्रेमलाई मबाट लुटिदियो । मेरो जीवनको सार्थकता नै हराएझै भयो । खाने र सुत्ने बाहेक जीवनको अरु कुनै पाटा नै छैनन् जस्तो लाग्न थाल्यो । भर्खर जवानी चढ्दै गरेको ममाथि रामप्रसादले घोर अन्याय गरे ।

केही दिनपछी सुनकली अरु बोकासँग लसपस गर्दै हिड्न थालेको देखे । नदेखेझै गरे, अनि चित्त बुझाए । मेरो पुरुषत्व लुटिसकेका थिए, म के नै गर्न सक्थे र ?

मलाइ बोकाबाट भूतपूर्व बोका बनाइयो, खसी बनाइयो । अब खसीबाट पनि मलाइ भूतपूर्व खसी बनाइदैछ, मैले बुझेअनुसार । दशैँ लाग्यो भन्छन, कसैको थालमा पुग्नेछु अब म शायद, निर्जीव भूतपूर्व खसी महोदय बनेर।

A Story With No Pictures

I have no idea what this is. Is this an essay? Or a story? Actually, who cares? Teresa Rathbone is our major character here. She is professionally a teacher, a teacher who wants to be known to a higher level than just a teacher. This evening she has sat down to write. She wants to put down every kind of shit she has been through her life and shape it into a story, it could probably get extended to a novel as well, a possibility! She opens her pen’s lid, gives a gentle stroke to the paper and thinks, everyone reading this should say, “Wow, This is a masterpiece!”

She tries to remember the plot. She wants it to twist it bad, really bad. She wants the story to picturize her life. She wants everything to be perfect, the introduction to her protagonist, the struggle of the protagonist, the climax, and then the achievement or the incentive for the protagonist. Or, she might kill the protagonist, simple! Teresa wants it perfect. She wants the plot-line to go smooth. She wants every sentence to link the consecutive sentence in an attractive manner. After anybody reads it, she wants to hear, “Wow, This is a masterpiece!”

Teresa Rathbone had a rough day. She has to handle a lot of kids whole day. She has to be autocratic and polite at the same time, or else, she won’t be a good teacher. Being a perfect teacher? Well, she has lost that hope. She wants to be a perfect writer. Are the adjectives correct? Is the noun perfectly used? Are the pronouns used more frequently? They make the writing look more tedious, you know. She wants every sentence to be flawless. When she sends the copy to the publisher, she wants to hear, “Wow, This is a masterpiece!”

Teresa remembers every incident that happened the whole day and tries to extract a plot out of it. But nothing satisfies her. She remembers her first love. She remembers hugging him behind the farm house. She remembers kissing him in the school corridor. She blushes and decides, “Yes! I’m going to write something romantic.” She remembers how they went out as kids. She remembers how they used to hide from their parents and sneak out into the dark night. She remembers the warmth of the young love. She remembers how they fell apart and finally lost touch. She is going to write a love story. Everyone is going to read it and say, “Wow, This is a masterpiece!”

“I saw him first at the canteen of the school.” Teresa writes down her first sentence. She looks at it, re-reads it and tries to get to the next sentence. But no, it is not perfect. She is not well with it. Something’s not right. She rearranges the words. She removes the self-character and introduces a new name as a character. But still, it doesn’t feel right. She makes them meet at the garden instead of the canteen. But no, still too stereotypical. She finally cuts the whole sentence, folds the page, curls up into the bed saying “I’m going to write something great tomorrow. Everyone reading it will say, ‘Wow, This is a masterpiece’.”